इसेवाको तिहार अफर, प्रत्येक दिन यसरी गर्नुहोस् निःशुल्क हवाईयात्रा

  पहिलोपेज

 1005 पटक हेरिएको

काठमाडौं, १४ कार्तिक । भुक्तानी सेवाप्रदायक कम्पनी इसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै ‘तिहार अफर’ शुरु गरेको छ । इसेवाले एयरलाइन्सको टिकटमा विभिन्न अफरहरु सार्वजनिक गरेको हो ।

तिहारको अफरअन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एयरलाइन्स टिकट काटेका मध्येबाट विजेता छनोट गरी प्रथम पुरस्कार स्वरूप शतप्रतिशत रकम क्यासब्याक गरिने छ । त्यसैगरी दोस्रो पुरस्कारस्वरूप ५० प्रतिशत रकम क्यासब्याक र तेस्रो पुुरस्कारस्वरूप इसेवा वालेटमा १ हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने बताइएको छ । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवामा शल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४७ वटा बैंक सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार