प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएपछि…

  पहिलोपेज

 376 पटक हेरिएको

काठमाडौं, १४ कार्तिक । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका ३ जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्ने प्रहरी जवानमा वासिङ्टन घर्ती, दीपेन्द्र शाही र इन्द्रजित कडरिया रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा सिसिटिभीको दृश्यमा उनीहरु पनि देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल कार्तिक ५ गते चोरी भएको थियो । घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् भने कडरिया महानगरीय प्रहरी वृत्त स्रोह्रखुट्टेमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार