सत्ताधारी दलकै सांसदले गरे बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय माग

  पहिलोपेज

 370 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सुनुवारले त्यस्तो माग गरेका हुन् ।

पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै उनले त्यसलाई रोक्नका लागि मृत्युदण्ड दिनुपर्ने बताए । अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भएको भन्दै उनले ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भन्न नहुने तर्क गरे ।

सरकार बनेको छोटो अवधिमा नै १६ वटा मौलिक हक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए । “मुलुकले दिशा समात्न लागेको छ । तर समस्या धेरै छन् । समाधान पनि हुँदै जान्छ”, उनले भने ।

प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलित नहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमा लिइने बताए । “सरकारले काम गरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरु रिसाउँदैनन्”, सुनुवारले भने ।

नेता सुनुवारले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाइने जानकारी दिए । “स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अब एकता प्रक्रिया टुङ्ग्याउँछाँ” सुनुवारले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार