पत्रकारको क्षमता विकासका लागि पहल थाल्छु: सांसद केसी

  पहिलोपेज

 429 पटक हेरिएको

दाङ, १३ कार्तिक । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पत्रकारहरुको क्षमता विकासको लागि पहल थाल्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) दाङको कार्यालयको मंगलबार निरीक्षण तथा अवलोकन गर्दै यस्तो बताएका हुन् ।

दाङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद केसीले कार्यालयको जग्गा, भवन तथा प्रवाह हुने सेवाको बारेमा जानकारी लिएका थिए । त्यस अवसरमा राससका कार्यालय प्रमुख नारायणी रजौरेले प्रवाह हुने सेवा, भवन तथा जग्गाको बारेमा जानकारी गराएकी थिइन् ।

त्यस अवसरमा सांसद केसीले कार्यालय ब्यबस्थित रुपमा सञ्चालन भइरहेको भन्दै रजौरेको प्रशंसा गरेका थिए । उनले कार्यालयलाई आबश्यक पर्ने उपकरण तथा भौतिक पूर्वाधारको लागि आफ्नो तर्फबाट सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

सोही अवसरमा सहभागी पत्रकारहरुले तुलसीपुर क्षेत्रका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यस अवसरमा सांसद केसीले पत्रकारिताको विकासका लागि पहल थाल्ने बताएका थिए । विकास र समृद्धिमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारहरुको क्षमता बृद्धिका लागि पहल थाल्ने उनको भनाई थियो । रासस दाङका प्रमुख नायारणी रजौरको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार