महानायक राजेश हमालसँग बिहे गर्नुअघिकी मधु यस्ती

  पहिलोपेज

 1872 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । नेपाली सिनेमा उद्योगका महानायक हुन् राजेश हमाल । २०४६ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका राजेश हमालले अहिलेसम्म झण्डै ३ सय सिनेमामा अभिनय गरिसकेका छन् ।

महानायक राजेश हमालले अभिनय गरेका फिल्ममध्ये ४० प्रतिशत हिट भएको उनको दावी छ । नेपाली सिनेमा उद्योगलाई व्यावसायिक बनाउन पनि हमालको महत्वपूर्ण भूमिका छ । लामो समय एक्लै रहेका उनले तीन वर्षअघि मात्रै बिहे गरेका हुन् । चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय बिताइसकेका हमाल बेला–बेलामा विवाद र चर्चामा पनि आइरहन्छन् ।

विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कुनै कमी थिएन । एक प्रकारले लामै लर्को थियो युवतीहरुको । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा पुगेर मात्र विवाह गरे । उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारिन् । ती युवती थिइन्, मोडल मधु भट्टराई । उनै मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेश हमालले विवाहमा परिणत गरे । महानायक राजेश हमालसँग विवाह गर्नुअघि मधु यस्ती थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार