बाख्रा चराउन गएकी किशोरीले किन गरिन् आत्महत्या ?

  पहिलोपेज

 582 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । बाख्रा चराउन जंगल गएकी राजापुर नगरपालिका– ४ की १५ वर्षीया प्रमिला चौधरीले आत्महत्या गरेकी छन् । बाख्रा चराउन गएको बेला हराएकी प्रमिलाको शव स्थानीय सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरी आइतबार हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । भारतीका अनुसार बालिकाको शव सोमबार रुखको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको थियो ।

मृतक प्रमिलाले स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिइन् । घटनास्थलको प्रकृति मुचुल्कापश्चात किशोरीको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार