राजधानींको खुलामञ्चमै यसरी सार्वजनिक हुँदैछन् विप्लव

  पहिलोपेज

 469 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौको खुलामञ्चमै विशाल जनसभा गर्दैछ । उक्त जनसभामै सार्वजनिक भएर महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइएको छ ।

भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाइरहेका विप्लवको नेकपाले मंसिर ८ गते खुलामञ्चमै जनसभा गर्न लागेको हो । सभामा १ लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

केही दिनअघि सत्तारुढ नेकपाको चियापान कार्यक्रममा विप्लवलाई पनि निमन्त्रणा गरिएको थियो । त्यतिबेला विप्लव नभेटिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।

खुलामञ्चमा आयोजना गरिएको जनसभामा नेकपाले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीलाई समेत निमन्त्रणा गरेको बताइएको छ । सो सभालाई महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार