कांग्रेस महासमिति बैठकको यस्तो छ तयारी

  पहिलोपेज

 287 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । आगामी मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नेपाली कांग्रेसको महासमिति बैठकको तयारीलाई तीव्रता दिइएको छ । कांग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

महासमिति बैठकको स्थानीय व्यवस्थापन समितिका संयोजक एवं कांगे्रस जिल्ला कार्यसमिति काठमाडौँका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न ५ उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । बैठकले भक्तपुर कांग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ कांगे्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर कांग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ ।

भक्तपुर कांग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ । आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उनले बताए । कांग्रेस केन्द्रीय कार्यसमितिकोे गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मसिंर ५ देखि ९ गतेसम्म काठमाडौँँमा गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार