गायिका लामाको प्रश्न, जन्मिदा नाङ्गै, मर्दा नाङ्गै, बीचमा के को लाज ?

  पहिलोपेज

 2170 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । पप तथा रक गायिका सरस्वती लामा पछिल्लो समय चर्चित तथा व्यस्त गायिकाको रुपमा पर्छिन् । उनी गीतका कारणले मात्रै होइन भड्किलो बोली, उत्तेजक हाउभाउका कारण पनि उनी चर्चा र विवादको घेरामा पर्छिन् ।

सोलुखुम्बुको दूधकुण्ड गाउँपालिकाको गार्मा भन्ने ठाउँमा लाहुरे परिवारमा जन्मिएकी उनी सानैमा परिवारसहित काठमाडौ छिरेकी हुन् ।

सानैदेखि गीत संगितमा रुचि राख्ने उनी बिगत एक दशकदेखि गायनमा सक्रिय रहेकी छन । दर्जनौ सफल गीत गाएर चर्चामा आएकी उनका उडिजाने हावाले, उर्वशीदेखि पछिल्लो समय भैंसी हात्तीसम्मका गीतहरु चर्चित छन् ।

पछिल्लोपटक चाहिँ उनले भनेकी छन्, ‘जन्मिदा नाङ्गै जन्मिने हो, मर्दा नाङ्गै मर्ने हो । बाँच्दा बीचमा के को लाज ?’

हेर्नुहोस् उनको नयाँ भिडियो

https://youtu.be/uV4bNSh4dmw

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार