हजारौं कर्मचारी पुनर्वहालीको मागसहित सिंहदरबारमै धर्नामा

  पहिलोपेज

 364 पटक हेरिएको

काठमाडौं, १२ कार्तिक । मन्त्रालय तथा विभाग खारेजीको क्रममा बर्खास्त भएका तथा कुनै भूमिका नपाएर अलपत्र परेका हजारौं सरकारी अस्थायी कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले पुनर्वहालीको माग गर्दै सोमबार सिंहदरबारमा धर्ना दिइरहेका छन् ।

आइतबारदेखि शुरु भएको उनीहरुको आन्दोलनमा २ हजारको संख्यामा कर्मचारी रहेका छन् । दशैंअघि नै खारेजीमा परे पनि उनीहरुले दशैं सकिएपछि आन्दोलन थालेका हुन् । ‘अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी तथा ठेकदारी कर्मचारी श्रमिक संघ’को नाममा उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिइरहेका छन् ।

शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेका कर्मचारीहरुले तिहारसम्म पनि आफ्ना माग सुनुवाई नभए अझ कडा आन्दोलन गर्ने बताएका छन् । न्यौपानेका अनुसार उनीहरुले आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई भेट गरी ज्ञापनपत्र बुझाएका छन् ।

श्रम ऐन अन्तरगत २ सय ४० दिनसम्म सरकारी सेवामा रहेर काम गरेका कर्मचारीलाई स्थायी, महंगी भत्ता बढाउने, बर्खात भएकालाई पुनर्वहाली गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् । यो आन्दोलनमा देशभरिमा बर्खास्त भएका तथा अन्य ३२ हजार कर्मचारीको साथ रहेको बताइएको छ । यस आन्दोलनको संयोजकत्व कुमार राउतले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार