निर्मला हत्या प्रकरण : दशैं सकिएपछि फेरि महेन्द्रनगरमा परिवारसहितको प्रदर्शन

  पहिलोपेज

 361 पटक हेरिएको

काठमाडौं, १२ कार्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गरी दोषीमाथि कडा कारवाहीको माग गर्दै महेन्द्रनगरमा फेरि प्रदर्शन भएको छ । निर्मला पन्तका परिवार, अधिकारकर्मी लगायतले सोमबार प्रदर्शन गरेका हुन् ।

बलात्कार र हत्या भएको ३ महिना पुगे पनि अझै अपराधी पत्ता लगाउने, सार्वजनिक गर्ने र कडा कानुनी कारवाही गर्ने काम नभएको भन्दै परिवार र अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।

महेन्द्रनगरस्थित मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुगेको छ । उक्त प्रदर्शनमा सहभागीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले बताइन् ।

प्रदर्शनमा गाउँबाट समेत महिलाहरुको सहभागिता रहेको छ । साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । दसैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः दवाबमूलक आन्दोलन थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार