बिर्तामोडमा एनएमबी बैँकबाट एक व्यक्तिको १७ लाख लुटपाट

  पहिलोपेज

 512 पटक हेरिएको

काठमाडौं, ११ कार्तिक । झापाको बिर्तामोडमा एनएमबी बैंकबाट आज बेलुकी एक व्यक्तिको १७ लाख लुटिएको छ ।

बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन– १ का शेरबहादुर गुरुङको रु १६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ । झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिएका छन् ।

रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार