यी हुन् दुबईमा रक्सी पिएर नेपाली युवतीको हत्या गर्ने सोनी, उनलाई मृत्युदण्ड

  पहिलोपेज

 1098 पटक हेरिएको

युएई, ११ कार्तिक । चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । उक्त घटनामा अरु ३ जना घाइते भएका छन् ।

नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका छन् । ‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले ३ जना साथीलाई चक्कु प्रहार गरेको कम्पनीले जानकारी दिएको छ’, युएईका लागि कार्यबाहक राजदूत सागर फुयाँलले भने, ‘उनलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।’

गम्भीर घाइते भएकी ममता चौधरीको आइसियुमा उपचार भइरहेको छ । सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर क्याम्पमा फर्केका छन् । घटनालगत्तै ४ जनालाई नै अल क्यासिमी अस्पतालमा लगिएको थियो । बरालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

युएईको कानुन अनुसार चक्कु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुनेछ । अदालतमा मुद्दा दायर भएपछि मृतकको परिवारले खुनको बदला खुन नै मागेको अवस्थामा मत्युदण्डको सजाय हुन्छ ।

मृतकको परिवारले ब्लडमनी मागेमा ब्लडमनी नै तिर्नपर्ने हुन्छ । आममाफी दिएमा माफी हुन्छ । यसअघि अन्जानमा दुर्घटनावश अरुको मृत्यु भएको घटनामा देश विदेशका नेपालीले ब्लडमनि संकलन गरेर धेरै नेपालीलाई जेलमुक्त गराएका छन् । तर यो घटना फरक प्रकृतिको भएकाले परिवारले ब्लडमनि माग गरे पनि नेपाली समुदायले सविनालाई सहयोग गर्ने सम्भावना भने न्युन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार