तनहुँमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु, ४७ गम्भीर घाइते

  पहिलोपेज

 497 पटक हेरिएको

काठमाडौं, ११ कार्तिक । तनहुँ जिल्लामा चालु आर्थिक वर्षको तीन महिनामा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिक ९ गतेसम्मको अवधिमा भएका सवारी दुर्घटनामा परी १० पुरुष, ५ महिला र १ बालकको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी ८५ जना घाइते भएकामध्ये ४७ गम्भीर र ३८ सामान्य घाइते भएका थिए । साउन र भदौमा चार÷चार, असोजमा ६ तथा कार्तिक ९ गतेसम्म २ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ६ ट्रक, १६ बस, ३ माइक्रोबस, ८ जीप, १ ट्याक्टर र २१ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर क्षेत्रीका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी चेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार