प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, क्याबिनेट बैठक बालुवाटारमै

  पहिलोपेज

 338 पटक हेरिएको

काठमाडौं, ११ कार्तिक । शुक्रबारबाट अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको छ । उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई रुघाखोकीले च्यापेका कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन् । शनिवारको तुलनामा आइतबार स्वास्थ्यमा केही सुधार आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएका थिए । उनी हाल बालुवाटरमै आराम गरिरहेका छन् । ‘शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार आएको छ’, ओलीको सचिवालयले भनेको छ ।

यद्यपि ओलीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिसकेको छैन । प्रमको स्वास्थ्यमा सुधार आएसँगै आइतबार दिउँसो ३ः३० बजे बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार