प्रधानमन्त्री ओली अस्वस्थ, चियापान समारोहमा अनुपस्थित

  पहिलोपेज

 306 पटक हेरिएको

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री केपी ओली अचानक अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई १ सय ३ डिग्री ज्वरो आएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र रुघाखोकीले ग्रसित बनाएको र ज्वरो बढ्दै गएको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सकले उनलाई कम्तिमा ३ दिन बेड रेष्ट गर्न सुझाव दिएका छन् ।

स्वास्थ्य अवस्था ठिक नभएकै कारण उनी नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहमागी हुन सकेका थिएनन् । दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार नेकपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार