स्कूल बसले ठक्कर दिँदा बालकको मृत्यु

  पहिलोपेज

 285 पटक हेरिएको

काठमाडौं, १० कार्तिक । विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बसको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवका ६ वर्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको ना३ख ७३९० नं.को कंकालिनी एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । बालकको उपचारका क्रममा शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार