दाङका १० वटै स्थानीय तहका सयभन्दा बढी युवाहरु घोराहीमा

  पहिलोपेज

 743 पटक हेरिएको

काठमाडौं, ९ कार्तिक । राष्ट्रिय जनमोर्चानिकट अखिल नेपाल युवक संघ जिल्ला समिति दाङको २ दिने प्रशिक्षण कार्यक्रम आजदेखि सदरमुकाम घोराहीमा सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका १ सयभन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।

अखिल नेपाल युवक संघ जिल्ला समिति दाङका अध्यक्ष चित्र एमसीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उदघाटन प्रमुख अतिति तथा संघका महासचिव कृष्णराज पाण्डेले गरेका थिए । जिल्ला सचिव चन्द्र आचार्यको सञ्चालन र जिल्ला उपाध्यक्ष लेखराज आचार्यको स्वागत मन्तव्यबाट कार्यक्रम आरम्भ भएको थियो ।

उदघाटन समारोहमा प्रमुख अतिथि संघका महासचिव कृष्णराज पाण्डे, राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, राजमो दाङका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल बुद्धिजीवी संघका पूर्वमहासचिव शशिधर भण्डारी लगायतले मन्तव्य राखेका थिए । २ दिनसम्म चल्ने प्रशिक्षणमा सुरेश थापा, कृष्णराज पाण्डे, गणेश आचार्य, शशिधर भण्डारी, काशिनाथ पोख्रेल, नारायण योगीले प्रशिक्षण दिने छन् । सोही प्रशिक्षणमा लागू औषध दुव्र्यसनी सम्बन्धी प्रशिक्षण बसन्त पुनले दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार