अन्ततः एसपी विष्ट र इन्स्पेक्टर भट्ट प्रहरी सेवाबाट बर्खास्त

  पहिलोपेज

 625 पटक हेरिएको

काठमाडौं, ८ कार्तिक । गृहमन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरेको छ ।

गृहमन्त्रालयले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रहरीले लापरवाही गरेको, जिम्मेवारी बोध नगरेको तथा प्रमाण नष्ट गरेको अभियोग लगाएर उनीहरुलाई बर्खास्त गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार दिउँसो एसपी विष्ट र भट्टको दोस्रो स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको थियो । उनीहरुको स्पष्टीकरणमा मन्त्रालय असन्तुष्ट देखिएको थियो । बुधबार मात्र एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार