‘हिरो अफ भ्वाइस’मा छानिए यी १५ जना उत्कृष्ट स्वरका धनी

  पहिलोपेज

 428 पटक हेरिएको

दाङ, ८ कार्तिक । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको गायन प्रतियोगिता ‘हिरो अफ भ्वाइस– ५’ को फाइनलमा १५ जना छानिएका छन् ।

बिहीबार घोराहीमा भएको तेस्रो राउण्डबाट फाइनलका छानिनेहरुमा किरण विक, हेमन्त भण्डारी, रिता घर्तीमगर, गमी बाँठामगर, राधिका पुनमगर, शालिकराम रोकाक्षेत्री, सपना सुनार, केशव हमाल, मनिषा जीएम, बिक्रम जीएम, सृष्टि डाँगी, ब्लेस सेन, सुहाना डाँगी, सुजाता पोख्रेल र मीरा राना रहेका छन् । निर्णायकमा संगीत प्रशिक्षकद्वय केशव बस्नेत र केशव रावत रहेका थिए ।

कार्यक्रम संयोजक केएल पीडितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लोकगायक हुमबहादुर डिसीले गायन प्रतिभाहरुको उन्नयनका लागि कार्यक्रम निकै प्रभावकारी रहेको चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण ऋचा बुढाथोकीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार