बादल र पौडेलको जिम्मामा नेकपाका प्रदेश र केन्द्रीय समिति

  पहिलोपेज

 477 पटक हेरिएको

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेश कमिटीका सदस्यहरु चयन गर्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने बताइएको छ ।

उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ । बैठकपछि महासचिव पौडेलले प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी सचिवालय सदस्य रामबहादुर थापा र आफूलाई जिम्मेवारी दिएको बताए ।

नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । त्यस्तै बिहीबारको सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि उक्त कार्यदललाई नै दिएको महासचिव पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार