यसरी पक्राउ परे नक्कली नोट बनाउनेहरु, यसरी चिन्नुहोस् नक्कली र सक्कली

  पहिलोपेज

 2451 पटक हेरिएको

काठमाडौं, ६ कार्तिक । गएको शुक्रबार राति काठमाडौंको कुमारीगालमा बस्ने विकास दोर्चे र पर्साका राज श्रेष्ठ चावहिलस्थित चाँदनी रेष्टुरेण्ट एण्ड वारमा खाजा खान गए ।

साँझतिर गएका उनीहरू आधा रातसम्म त्यही मदिरा पिएर रमाए, लठ्ठिए । खाएपछि उनीहरूले ९ हजार रूपैयाँको बिल तिरे ।

रेष्टुरेण्टका सञ्चालकलाई उनीहरूले दिएको पैसामा शंका लाग्यो । पैसा हातमै राखेर ती सञ्चालकले प्रहरीलाई खबर गरे ।

प्रहरी केहीबरेमै रेष्टुरेण्टमा पुग्यो । उक्त पैसा दिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि उक्त रकमबारे प्रहरीले केरकार थाल्यो ।

पछि उक्त रकम नक्कली भएको पुष्टि भयो । केरकारका क्रममा उनीहरूले आफूसँग नक्कली पैसा छाप्ने कारखाना नै भएको बयान प्रहरीलाई दिए ।

उनीहरूको बयानका आधारमा प्रहरीले शनिबार कीर्तिपुर नगरपालिका ४, मच्छेगाउँबाट मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठसहित २५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापालाई नियन्त्रणमा लियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार