कांग्रेस प्रवक्ता शर्माले सोधे, रुकुममा लोकतन्त्र कि कम्युनिस्ट सत्ता ?

  पहिलोपेज

 1217 पटक हेरिएको

काठमाडौं, ५ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रुकुमको विषयमा सरकारलाई कडा चेतावनी दिएका छन् । उनले ट्वीट गर्दै सोधेका छन्, रुकुममा लोकतन्त्र कि कम्युनिस्ट सत्ता ?

प्रवक्ता शर्माले बाँफीकोट रुकुममा लोकतान्त्रिक खेलकुद संघको आयोजनामा कार्तिक ३ गतेदेखि शुरु भएको भलिबल प्रतियोगिता स्थानीय जिल्ला प्रशासनले प्रहरी पठाई आज रोकेको बताएका छन् । कार्तिक ८ गते पुनः शुरु गर्दा फेरि रोक्न खोजिए उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार