बाबुराम भट्टराईको ट्वीटरमा पनि राष्ट्रपतिको दशैं टीका फोटो, के भने उनले ?

  पहिलोपेज

 1955 पटक हेरिएको

काठमाडौं, ५ कार्तिक । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको ट्वीटरमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीको दशैं टीका फोटोले स्थान पाएको छ । राष्ट्रपति भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई टीका लगाइदिएको फोटो पोष्ट गर्दै डा. भट्टराईले कम्युनिष्टहरुलाई व्यंग्य कसेका छन् ।

सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको फोटो डा. भट्टराईले पनि पोष्ट गरेका हुन् । डा. भट्टराइले भनेका छन्, ‘‘माक्र्स जीवित छँदै उनको नाउँमा गलत हर्कत गर्नेहरुलाई माक्र्सले भनेका थिए- If this is ‘Marxism’,I am no Marxist! अहिले नेपालको ‘कम्युनिष्ट सरकारलाई माक्र्सले हेरिरहेका भए भन्लान्- If this is ‘communism’,I am no communist!

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार