विश्व प्रसिद्ध सारेगमपको स्टेजमा दुबै आँखा नदेख्ने नेपाली मेनुकाले संसारलाई यसरी रुवाइन्

  पहिलोपेज

 1356 पटक हेरिएको

काठमाडौं, ५ कार्तिक । सङ्गीतको भाषा हुँदैन भन्ने मान्यता छ । कला र संगीतलाई कुनैं देशको भूगोल वा सीमारेखाले छेक्न सक्दैन । यो कुरालाई नेपाली गायिका मेनुका पौडेलले सावित गरिदिएकी छन् ।

हामीसँग त्यस्ता धेरैं उदाहारणहरु छन् । भारतीय भूमिमा नै भारतलाई नैं पराजित गरेर नेपालको शिर उच्च पार्ने धेरैं व्यक्तित्वहरु नेपालमा छन् । विगतमा प्रशान्त तामाङदेखि टेरिया मगरसम्म आइपुग्दा नेपालले भारतका बीचमा नेपाल र नेपालीलाई कलाको माध्यमबाट उच्च र अब्बल राख्न सफल भएका छन् ।

अहिले पनि भारतीय साङ्गीतिक जगतमा चर्चित गायक उदित नारायण झालाई नेपाली गायक नैं भन्ने गरिएको छ । नेपालीहरु पनि उनलाई नेपाली गायक भनेर नैं चिन्ने गर्छन । उनले नेपाली, भारतीय लगायत धेरैं भाषामा गीतहरु गाएका छन् । यसैको कडीको रुपमा पछिल्लोपटक जोडिएकी छन्, नेपाल आइडल सिजन– १ बाट बाहिएकी मेनुका पौडेल ।

गीत संगीतका लागि भारतमा धेरैं ठूलाठूला रियालिटी शोहरु चलिरहेका छन् । ती रियालिटी शोमध्येको एक हो, सारेगमप । जी टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम नेपालमा पनि उत्तिकै लोकप्रिय रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा आमूल परिवर्तनको लागि अहिले नेपालमा केही अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु चलिरहेका छन् । नेपाल आइडल पनि त्यस्तै एउटा चर्चित रियालिटी शो हो । मेनुका आफ्नो योगदानलाई नेपाली कला क्षेत्रमा प्रस्फुटन गर्नको लागि उक्त स्टेजमा पुगिन तर दुर्भाग्यवस बाहिरिनु पर्यो ।

मेनुकाले केही गीतहरुमा आवाज दिइसकेकी छन् । उनका गीतलाई स्रोताले निकैं रुचाएका पनि छन । दुबैं आँखा नदेख्ने मेनुकाको उक्त शक्तिलाई देखेर सारेगमपमा निर्णायक बनेर आएका सबैंको आँखा रसायो भने मेनुकाकी आमा लगायत हलमा उपस्थित सबैंको आँखाबाट झर्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार