अछाममा जीप दुर्घटना, ७ जना घाइते

  पहिलोपेज

 186 पटक हेरिएको

काठमाडौं, ४ कार्तिक । अछामको बान्नीगढी जयगाड गाउँपालिका वडा नम्बर ६ दर्ना माझेठानामा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

रामारोशनको मुजाबगरबाट जयगाडतर्फ आउँदै गरेको से १ च २०८६ बोलेरो जीप दर्ना माझेठानमा दुर्घटनाग्रस्त भएको हो ।

उकालो बाटोमा माथि चढ्न नसकी चिप्लिएर जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनमा घाइते भएकाहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको जयगाड प्रहरी चौकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार