निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका एसपी विष्टलाई निष्काशनै गर्न सिफारिस

  पहिलोपेज

 979 पटक हेरिएको

काठमाडौँ, ४ कार्तिक । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । यसअघि उनलाई निलम्बनमात्रै गरिएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिएका छन् । प्रहरी नायब निरीक्षक एवं प्रवक्ता थापाले गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार