मेयरले दिने भए दुबै आँखा नदेख्नेलाई मासिक २ हजार

  पहिलोपेज

 547 पटक हेरिएको

काठमाडौं, ४ कार्तिक । नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु २ हजार उपलब्ध गराउने भएका छन् । प्रमुखको उम्मेदवार हुँदा नै प्रतिबद्धता जनाएको र त्यसलाई उनले कार्यान्वयनमा ल्याएका हुन् ।

प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुबै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु २ हजार रकम आफू जनप्रतिनिधि भएयताको अवधिको एकमुष्ट रकम उपलब्ध गराएका हुन् । उनले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महिनाको रु ३० हजार दुबै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराएका हुन् ।

‘‘यो सेवा आफू जनप्रतिनिधि रहुन्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु,’’ उनले भने, ‘‘अब निरन्तर मासिकरुपमा रकम उपलब्ध गराउनेछु ।’

जग्गा तथा सम्पत्ति केही नभएका नेपालीले वृद्ध बुबा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आएका छन् । ‘‘सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो’’, नेपालीले भने, ‘‘मेयरले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार