यसरी पक्राउ परे आठ महिने शिशुको हत्या गरी फरार अभियुक्त

  पहिलोपेज

 2160 पटक हेरिएको

काठमाडौं, ३ कार्तिक । आठ महिने शिशुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सोनालीको हत्या भएको झण्डै २ महिनापछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षीय भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो । भण्टाबारी प्रहरी चौकीको टोलीले शिशु हत्याको अभियुक्तलाई पक्राउ गरेको हो । महोत्तरीको भंगहा प्रहरी चौकीमा केही महिना अघि इन्चार्जको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले पक्राउ गर्न सफल भएको जनाइएको छ ।

पक्राउ परेका साहलाई महोत्तरी ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ । स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गएको भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर बलात्कार गरी हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए ।

शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यही फुटेजबाट हत्यारा साह नै रहेको पहिचान भएको थियो । तर घटनापश्चात हत्यारा साह फरार थिए ।

घटनापश्चात हत्यारालाई चाँडो पक्राउ गरी कार्वाी गर्न औरहीका बासिन्दाले बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलनसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार