दशैँको रमझममा नै बलात्कारका दुई दुस्प्रयास

  पहिलोपेज

 1351 पटक हेरिएको

काठमाडौं, ३ कार्तिक । दाङमा दशैँको रमझमकै अवसरमा दुई स्थानमा जबरजस्ती करणीको दुस्प्रयास भएको छ । दाङको लमही नगरपालिका– ७ फचकपुरकी १५ वर्षीया युवतीमाथि जबरजस्ती करणीको दुस्प्रयास भएको हो ।

लमही नगरपालिका– ७ फचकपुर गाउँ नजिकैबाट साँस्कृतिक कार्यक्रमको नाच हेरेर घर जाने क्रममा १५ वर्षीया निमा चौधरी (नाम परिवर्तित) घर जान लागेको समयमा जबरजस्ती करणीको दुस्प्र्रयास भएको हो । कार्तिक १ गते राति चौधरीलाई चार जना युवकले जबरजस्ती करणीको दुस्प्र्रयास गरेको पीडित चौधरीले बयान दिएकी छन् ।

जबरजस्ती करणीको दुस्प्रयास गर्नेहरुमा लमही नगरपालिका– ७ का परिवर्तन बुढा, अभिषेक बोहरा, लाटा भनिने रुपलाल घर्ती मगर र धर्मबहादुर बुढाथोकी रहेका छन् । आरोपीहरुलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले जानकारी दिए ।

यस्तै दशैँकै मुखमा अर्की युवती लमही नगरपालिका– १ वनकट्टाकी २२ वर्षीया अनिता चौधरी ( नाम परिवर्तित) माथि पनि जबरजस्ती करणीको दुस्प्रयास भएको छ । शनिवार राति ११ बजे आफ्नै घरमा जबरजस्ती करणीको दुस्प्रयास भएको पीडित अनिताले बयान दिएकी छन् ।

अनिताले कान कम सुन्ने र बोल्न नसक्ने अवस्थाकी मांनसिक रोगी छिन् । शनिवार राति ११ बजेतिर अनिताका श्रीमान मानु चौधरी नाच हेर्न गएको मौका छोपी सोही ठाउँका बम्बर चौधरीले जबर्जस्ती करणीको दुस्प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार