दशैंको मुखमा श्रीमानले गरे श्रीमतीको हत्या

  सागर रिजाल

 5620 पटक हेरिएको

प्युठान, ३१ असोज । झिमरुक गाउँपालिका २ डाँडाचौर प्यूठानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बुधवार बिहान करिव १० बजे ४९ वर्षीय काले सामतले ४० वर्षीया श्रीमती लक्ष्मी सामतको हत्या गरेका हुन् ।

अभियुक्त सामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना घरायसी झगडाले भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार