पोखरा प्रिमियर लिगले पायो आइसीसीको मान्यता

  पहिलोपेज

 538 पटक हेरिएको

काठमाडौं, २२ असोज । पोखरा प्रिमियर लिग “पिपिएल”ले आइसीसीको मान्यता प्राप्त गरेको छ । आगामी कार्तिक ९ गतेबाट पोखरामा हुन थालेको पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् “आइसीसी”को मान्यता पाएको हो ।

“पीपीएल” लिगको मुख्य आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले “आइसीसी”ले पिपिएलले मान्यता पाएको पत्र प्राप्त भएको जानकारी दिए ।

अप्रुभल पत्रमा “पीपीएल” आइसीसीको नियम र कानुनमा रहेको र यो प्रतियोगिताले विदेशी खेलाडी पनि राख्न पाउने उल्लेख गरेको पनि लामाले जानकारी दिए । नेपालमा क्रिकेट हेर्ने आधिकारिक निकाय नभएको अवस्थामा “आइसीसी”ले नै नेपालको सम्पूर्ण गतिविधि हेर्दै आएको छ । यसअघिका एभरेस्ट प्रिमियर लिग “इपिएल” र धनगढी प्रिमियर लिग “डिपिएल”ले पनि आइसीसीबाट मान्यता लिएको थियो ।

पोखरामा आगार्मी कार्तिक ९ गतेदेखि “पिपिएल” खेल हुँदैछ । कार्तिक २० गतेसम्म चल्ने लिगमा विभिन्न ६ शहरका ६ टिम सहभागी हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार