सांसद माझीले संसद्मै भनिन्, हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस्

  पहिलोपेज

 1293 पटक हेरिएको

काठमाडौं, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी का ३ नं. प्रदेशका सांसद रिता माझीले नेपालीहरुको महान चाड बडादशैंको सुरुआतको दिन ‘घटस्थापना’ जस्तो ऐतिहासिक पर्वको विदा कटौती गरेकोमा संघीय सरकारको भत्र्सना गरेकी छन् । उनले सो दिनलाई राष्ट्रिय विदा दिन जोडदार माग गरेकी छन् ।

आज प्रदेश संसदमा बोल्दै माझीले दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकारले सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै महत्वपूर्ण चाडबाडको मुखमा गरिएको उक्त मूल्यवृद्धि तत्काल घटाउन माग गरिन् । गत असोज ३ गते संविधान दिवस मनाइरहँदा २ नं. प्रदेशमा “मधेस एशियाकै नयाँ देश बन्दैछ” भनेर खुलेयाम चर्चा हुँदा पनि संघीय र प्रदेश सरकार मुकदर्शक भएर मौन बसेकोमा सरकारको आलोचना गरिन् ।

संसदमा विजयादशमी, शुभ दीपावली, नेपाल संवत तथा छठको उपलक्ष्यमा शुभकामना दिँदै सांसद माझीले मुलुकमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्वहाली गर्नेतर्फ संघीय सरकार र प्रदेश सरकारको ध्यान केन्द्रीत होस भन्ने कामना गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार