निर्मला प्रकरण : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…

  पहिलोपेज

 866 पटक हेरिएको

काठमाडौं, २२ असोज । कुनै घटना भएपछि घटनास्थलमा पुगेको प्रहरीले त्यहाँ फेला परेको दसी प्रमाणलाई के गर्छ ? यसको सहजै जवाफ हुन्छ, प्रहरीले दसी प्रमाण खोज्छ, फेला परे त्यसलाई सुरक्षित राख्छ ।

विडम्वडना ! निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा शव भेटिएपछि एक महिला प्रहरी घटनास्थलमै हत्तपत्त निर्मलाको सुरुवाल धुँदै गरेको देखिन्छिन् । स्पष्टै छ, उनले आफ्नै स्वविवेकले आफै त्यसो गरिनन् । कसको निर्देशनमा उनी त्यसो गर्न वाध्य भइन् ? त्यो त उनैलाई थाहा होला । तर, हत्याको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापाले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिएका छन् ।

दुबै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्वन गरिएको बताइएको छ । स्पष्टै छ, प्रहरीले भेटिएका दसी प्रमाण मेटाउन भन्दैन । कुन स्वार्थ र वाध्यताले साउदले निर्मलाको सुरुवाल धोइन् ? त्यो पनि खुल्दै जाला कि ? दसी प्रमाण नष्ट गर्न लगाउने पर्दा पछाडिको शक्तिलाई पनि यसैगरी कारवाही होला कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार