डा.सुनिल शर्मालाई सम्मान, शर्माद्वारा सत्सङ्गालयलाई १ लाख ११ हजार सहयोग

  पहिलोपेज

 750 पटक हेरिएको

काठमाडौं, १८ असोज । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाइलोस्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई बृद्धबृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमबीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय निर्माणका लागि साढे १५ धुर जग्गा निःशुल्क प्रदान गरेका छन् । डा.शर्माले पनि सत्संगालय निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गरेका छन् । कार्यक्रममा ९० वर्ष माथिका १३ जना वृद्धवृद्धालाईसमेत सम्मान गरी फलफूल वितरण गरिएको छ ।

सो अवसरमा बोल्दै वडाध्यक्ष खड्गबहादुर बस्नेत, सत्सङ्गालयका अध्यक्ष उपेन्द्र कार्की, स्थानीय दानबहादुर बस्नेत लगायतले सहयोगीहरुप्रति आभार प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार