बाहिरियो निर्मला पन्तसँग यौन सम्पर्क गरेको भन्ने विष्टको सनसनीपूर्ण भिडियो

  पहिलोपेज

 4728 पटक हेरिएको

काठमाडौं, १७ असोज । बहुचर्चित कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या मैले गरेको हुँ भनेको सनसनीपूर्ण भिडियो बाहिरिएको छ । भिडियोमा आरोपितको रुपमा पक्राउ परी छोडिएका दिलीपसिंह बिष्टले आफूले नै बलात्कार गरेको लिखित र मौखिक बयान दिएको सुनिएको र देखिएको छ । तर, यो भिडियो सेक्रेट क्यामेराले खिचेको स्पष्ट छ ।

गत साउन १० गते कञ्चनपुर उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डले देशविदेशमा ध्यानाकर्षित गरेको छ । अभियुक्तको रुपमा पक्राउ परेर पनि छोडिएका दिलीपसिंह विष्टको यो भिडियो सार्वजनिक भएपछि नयाँ तथ्य सार्वजनिक भएको हो ।

डीएनए परीक्षण गर्दा मेल नखाएपछि अदालतको आदेशअनुसार साधारण तारेखमा दिलीप छुटेका थिए । दिलीपसिंह विष्टको बयान रहेको यो भिडियो सार्वजनिक भएपछि निर्मला पन्तको बलात्कारपछि हत्याको काण्डले नयाँ मोड लिने देखिएको छ । दिलीपसिंह बिष्ट मानसिक सन्तुलन ठिक नभएका व्यक्ति मानिएकाले त्यसको अनुसन्धान गरी सत्यतथ्य बाहिर सार्वजनिक त सरकार र सरोकारवाला निकायले पक्कै गर्नेछ ।

विष्टको लिखित र मौखिक बयान
म दिलीप सिंह बिष्ट । साउन १० गते साँझ जमिन्दारको खेतनजिकै खोलाछेउँ भएर उखुबारीको बाटो हुँदै म घरतर्फ जादैँ गर्दा निर्मला पन्त भन्ने युवतीसँग भेट भयो । उनले आफ्नो साइकलको चैन बनाउन भनिन्, मैले उनको साइकलको चेन बनाइदिएँ । खोलाकोपारि जामुनको बोट थियो । मैले त्यही खोलापारिको उखुबारीमा उनको साइकल फालेर तिनलाई काखी च्यापेर सम्भोग गरे र उनले कराउन थालेपछि घाटी च्यापेर मारे । अनि त्यही उखुबारीकोे अलि भित्र लगेर लास फालें र उल्टाखाम बाटो हुँदै घर फर्के । राजु थापासँग हात मिलाएर घर फर्के र अर्को दिन पुलिससँग मैले मारेको हो भन्न सकिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार