सरसफाईको क्षेत्रमा विश्वका ६० देशभन्दा नेपालको राम्रो उपलव्धि : मन्त्री मगर

  पहिलोपेज

 4691 पटक हेरिएको

काठमाडौं, १७ असोज । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्किएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री मगरले सम्मेलनमा सहभागी सबै राष्ट्रहरुले सरसफाईको क्षेत्रमा साझा संकल्प बनाउनु पर्नेमा जोड दिएको बताइन् । उनले सरसफाई क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताउँदै भनिन्, “अहिले सबै राष्ट्रले सरसफाई तथा ढलको बारेमा चिन्ता र चासो देखाएका छन् । नेपालले सरसफाईको क्षेत्रमा अरुको भन्दा राम्रै उपलब्धि हासिल गरेको छ । ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिइरहेका छौं ।”

मन्त्री मगरले राज्यका सबै निकायले सरसफाई र ढलको क्षेत्रमा विशेष गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको बताइन् । उक्त सम्मेलनमा भाग लिन मन्त्री मगर गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी थिइन् ।

महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा नेपालको तर्फबाट उनले भाग लिएकी थिइन् । सम्मेलनमा खानेपानी मन्त्रीसहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी थिए । सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार