६१ हजार बराबरको पटाका बरामद

  पहिलोपेज

 295 पटक हेरिएको


लहान, १६ असोज । प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजारको पटाका बरामद गरेको छ । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ ।

दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार