कपुरकोट गाउँपालिकाका अध्यक्षद्धारा सडक र वडा कार्यालयको अनुगमन

  पहिलोपेज

 639 पटक हेरिएको

काठमाडौं, १५ असोज । कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले मर्मत सम्भार भइरहेका सडक, वडा कार्यालय तथा स्वास्थ्य इकाइको अनुगमन गरेका छन् । उनले कपुरकोटदेखि फलावाङ जोड्ने सडकको मर्मत कार्य, वडा नम्बर ४ को वडा कार्यालय तथा सामुदायिक स्वास्थ्य इकाइ अनुगमन गरी आवश्यक निर्देशन दिएका हुन् ।

वडा कार्यालय तथा स्वास्थ्य इकाइका कर्मचारीहरुको हाजिरी, सेवा प्रवाहको अवस्था तथा गाउँपालिकाले राखेका सडक कामदारहरुको कामको स्थलगत अनुगमन गरेका थिए । अध्यक्ष सेनले कर्मचारीहरुलाई कुनै पनि जनगुनासो नआउने गरी काम गर्न निर्देशन दिए । वर्षातले बिग्रिएका सम्पूर्ण मोटरबाटोहरु मर्मत कार्यलाई जारी राखेको गाउँपालिकाले बाटो संरक्षण र मर्मतमा उपभोक्ताको पनि भूमिका हुनुपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार