दाङमा वीपी कोइरालालाई यस्तो सम्मान, बन्न थाल्यो १७ लाखको शालिक

  पहिलोपेज

 936 पटक हेरिएको

काठमाडौं, १५ असोज । दाङको सदरमुकाम घोराहीमा महामानव विश्वेश्वरप्रसाद कोइरालाको शालिक निर्माण गर्न थालिएको छ । सदरमुकाम घोराहीमा कोइरालाको शालिक निर्माण गर्न थालिएको हो ।

नेपाली कांग्रेसले घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा विपीको शालिक निर्माण शुरु गरेको हो । सोमवारदेखि शालिक निर्माणको कार्य शुरु भएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिइ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले शालिक निर्माणको संयोजन गरेको छ । करिब १७ लाखको लागतमा शालिक पूर्णरुपमा तयार गरिने क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिए । मंसिर मसान्तसम्ममा निर्माण कार्य सकिने पनि उनले बताए ।

२०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बोर्ड बैठकले सो स्थानमा वीपीको शालिक निर्माणका लागि निर्णय गरेको थियो । जसको २०७१ साल साउन ६ गते नेपाली कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काले शिलान्यास गरेका थिए । शालिक तयार भइसकेको पनि कांग्रेसले बताएको छ । शालिक निर्माणका लागि सहयोग गर्न सम्पूर्णमा कांग्रेस दाङले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार