दाहसंस्कार गर्नै लागेको शव किन लियो प्रहरीले नियन्त्रणमा ?

  पहिलोपेज

 979 पटक हेरिएको

काठमाडौं, १४ असोज । फलेवास नगरपालिका– ११ पाङराङको स्युरासमा दाहसंस्कारको तयारी गरिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । ३७ वर्षीया सीता पाठक शुक्रबार साँझ घरभन्दा केही तल बारीको डिलबाट खस्दा घाइते भएकी थिइन् ।

गम्भीर घाइते सीतालाई राति नै स्थानीय वैद्यकहाँ लगिएको थियो । शनिबार बिहान उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । बाटोमा मृत्यु भएपछि घरमै फर्काएर दाहसंस्कारको तयारी गरिएका बेला माइती पक्षले भने सीताको मृत्यु शंकास्पद भन्दै प्रहरीमा उजुरी गरेका थिए । शवको प्रकृति हेर्दा चिथोरिएको जस्तो देखिएकाले माइती पक्षले शवको पोष्टमार्टम गर्न आग्रह गर्दै प्रहरीमा उजुरी गरेको बताइएको छ ।

मृतक सीताको शवलाई शनिबार राति सदरमुकाम कुश्मास्थित जिल्ला अस्पतालमा ल्याइएको र आइतबार पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

स्थानीय बासिन्दाका अनुसार सीताका श्रीमान् गोकुल रोजगारीको सिलसिलामा विदेशमा छन् । एक छोरा कुश्मामा वेदवेदाङ्ग संस्कृत पाठशालामा अध्ययनरत छन् । उनी दुई छोरीसँग बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार