भारतको डिजाइनमा थपिएका सातवटा सरकार जनताले थेग्न सक्दैन : चित्रबहादुर केसी

  पहिलोपेज

 4050 पटक हेरिएको

काठमाडौं, १४ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा थपिएका ७ वटा सरकार जनताले थेग्न नसक्ने बताएका छन् । अखिल नेपाल बुद्धिजीवी संघ रुपन्देहीले आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था र संघीयता, संघीयताले राष्ट्रिय सार्वभौमिकतामा पार्ने प्रभाव” विषयक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले त्यस्तो धारणा राखेका हुन् ।

अमेरिका, युरोपियन युनियन र भारतीय शक्ति केन्द्रहरूको दबाबमा नेपालमा संघीयता ल्याइएको र नेपाली सन्दर्भमा संघीयता नटिक्ने पनि अध्यक्ष केसीले बताए । संघीय प्रणाली असफल साबित हुँदै गएको दाबी गर्दै अध्यक्ष केसीले एउटा देश चलाउन नसकेका नेपाली जनताले सात वटा देश पाल्न नसक्ने टिप्पणी गरे ।

राजनीतिलाई हतियार बनाएर स्वार्थ लिने प्रवृत्ति हाबी भएको बताउँदै नेपाली जनताले लडेर ल्याएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाको ठेकेदार र माफियाहरूले दुरुपयोग गरेको केसीले आरोप लगाए । अध्यक्ष केसीले नेपालको संघीयता भारतको भएको पनि बताए ।

सरकारबारे टिप्पणी गर्दै अध्यक्ष केसीले भने, “सरकार कमजोर देखिएको छ । सरकारले महंगी, कालोबजारी, भष्ट्राचारलाई रोक्न सकेको छैन ।” हत्यारा र बलात्कारीलाई समात्न नसकेर सरकार आफैँ बदनाम भएको बताउँदै सीमा मिचिँदा पनि सरकार चूप लागेर बसेको उल्लेख गरे । सार्वभौमिकता, अखण्डता र एकता कमजोर भई देशमा माफियातन्त्र हाबी भएको उनको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार