यस्ता हुँदारहेछन् श्रीमती माइत जान लाग्दा श्रीमानलाई दिइने चेतावनीहरु : पढेर छक्क पर्नुहुन्छ

  पहिलोपेज

 610 पटक हेरिएको

म अफिसमा थिएँ । श्रीमतीजी माइत जाने दिन थियो । फोन गरेर भनिन् “म माइत हिँडे । आफ्नो ख्याल गर्नु । जब बेलुकी घर पुगें, टिभीमा एउटा पर्ची चिप्काइएको थियो । जसमा यस्तो लेखिएको थियो, आमाको घर जाँदैछु । बच्चाहरुलाई लेराउनु र तल लेखिएका कुरा ध्यानसङ्ग पढ्नू अनि व्यवहारमा उतार्नू ।

१) साथीहरुलाई घर बोलाएर घरलाई कवाड खाना बनाउने काम नगर्नू । अघिल्लोपल्ट ४ वटा खाली बोत्तल सोफाको मुनि सफा गर्दा भेटेको थिएँ ।

२) खाना सकेसम्म घरमै बनाउनू । अल्छी लागे होटलमा खाएर आउनू । बाहिरबाट घरमा लेराएर दुनियाँलाई जम्मा गरेर नखुवाउनू । अघिल्लोपल्ट खाटको मुनि पिज्जाको ४ वटा बिल भेट्टाएको थिएँ ।

३) चश्मा ऐना झुण्डाएको किलामा झुण्डाइदिएकी छु । अघिल्लोपल्ट फ्रीजमा भेटेकी थिएँ ।

४) काम गर्ने केटीको तलब दिइसकेकी छु । फोकटमा सोधी सोधी माया जताउनु पर्ने कुनै जरुरत छैन ।

५) बिहान बिहान उठेर छिमेकीहरुलाई डिस्टर्ब गरीगरी पत्रिका आयो कि आएन भनेर सोध्नु जरुरी छैन । हाम्रो पेपरवाला अरुभन्दा अलग छ अनि दूध अनि लौन्ड्री वाला पनि ।

६) तपाईंको अन्डरवेयर दराजको तल््लो ड्रोएरमा राखिदिएकी छु । छोराहरुको माथिल्लो ड्रोएरमा छ । अघिल्लोपल्ट जस्तो छोराको कट्टु लगाएर नहिड्नू ।

७) तपाईंको सबै रिपोर्ट नर्मल छ । पटकपटक त्यो लेडी डाक्टरकोमा जानुपर्ने कुनै जरुरत छैन ।

८) मेरो बैनी अनि भाउजूको जन्मदिन अघिल्लो महिना गइसक्यो । राति फोन गरी गरी विस गर्नुको कुनै अर्थ छैन । फोन नगर्नू ।

९) वाइफाईको पासवर्ड चेन्ज गरिदिएकी छु । राति चाँडै सुत्नू ।

१०) म छैन भनेर खुशी हुनुपर्ने कुनै जरुरत छैन किनकि मिसेस पाण्डे, मिसेस कार्की, मिसेस तिवारी सबै कुन्नि कता टुरमा जानेवाला छन् ।

११) चिनी, चियापत्ती, कफी माग्ने बहाना लिएर त्यो नखरमाउली छिमेकीको घर जान जरुरी छैन । सबै चिज मैले लेराएर राखिदिएकी छु ।

१२) छिमेकी भाउजूलाई दिदीको नजरले हेर्नू । पहिला जस्तो हाँसीमजाक र ठट्यौली गरेको सुने भने के हुन्छ ? थाहा नै होला ।

१३) अगाडि चोकको किराना पसलेको बुहारी उमेरमा तपाईं भन्दा धेरै सानी छ । उसको सानो छोरो जिस्काउने खेलाउने बहानामा केही दायाँ बायाँ हर्कत नगर्नू ।

अनि सबैभन्दा मुख्य र इम्पोर्टेन्ट कुरा
१४) ओभर स्मार्ट बन्ने कोसिस नगर्नू । म कुनै पनि समय माइतबाट फर्केर आउन सक्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार