ढिस्कोमा पुरिएर दाङमा एकै परिवारका तीनजना महिलाको मृत्यु

  पहिलोपेज

 1372 पटक हेरिएको

फाइल फोटो

काठमाडौं, १३ असोज । माटोको ढिस्कोमा पुरिएर दाङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घर पोत्ने माटो लिन गएको बेला राप्ती गाउँपालिका– ४ मौरीघाटका एकै घरका तीन जनाको मृत्यु भएको हो ।

ढिस्कोमा पुरिएर मुत्यु हुनेहरुमा ३५ बर्षीया निना चौधरी, ३० बर्षीया श्यामकुमारी चौधरी र १२ बर्षीया रोजिना चौधरी रहेका छन् । निना श्यामकुमारीकी भाइबुहारी र रोजिना उनकी दाइकी छोरी भएको बताइएको छ ।

स्थानीय दोलई खोलाको ढिस्को भत्कँदा उनीहरुको ज्यान गएको पत्रकार महेश रिजालले जनाएका छन् । उनीहरुको शब पोष्टमार्टमका लागि लमही पठाइएको इकाला प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार