नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टी जनाउदै स्थायी समितिको भेला डाके

  पहिलोपेज

 235 पटक हेरिएको


सरकारका काम र पार्टी सञ्चालनप्रति असन्तुष्ट नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिको छुट्टै भेला डाकेका छन् । बिहिबारको संसद बैठकमा प्रतिपक्षी नेताजसरी सरकारविरूद्ध खनिएका नेता नेपालले शुक्रबार स्थायी समिति सदस्यहरूसँग छलफल गर्न भेला डाकेका हुन् ।

नेपालले छलफलको विषय नतोके पनि चियापानका लागि निम्तो दिएको नेकपाका स्थायी समिति सदस्य मणि थापाले बताए । ‘सबै स्थायी समिति डाक्नुभएको भन्ने खबर छ’, थापाले भने, ‘तीन बजेका लागि निम्तो आएको छ ।’

स्थायी समिति बैठकमा भैराखेको ढिलाइ र नेकपाको निर्णय प्रक्रियाबारे छलफल कार्यक्रम भएप पनि चियपानको नाम दिइएको नेता नेपाल निकट एक सदस्यले बताए । ‘बैठक भन्ने शब्द राख्न मिलेन, परामर्शभन्दा अर्को अर्थ लाग्ला भनेर चियापान भनियो’, ती सदस्यले भने, ‘तर यो दसैँ तिहारको शुभकामना दिने चियापान होइन ।’

नेकपाका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल देशबाहिर भएका बेला नेता नेपालले डाकेको भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुबै अध्यक्षबाहिर गए पनि कसैलाई कार्यवाहक जिम्मेवारी दिइएको छैन ।

प्रदेश संयोजक र अध्यक्ष चयन गर्दा अध्यक्षद्वय ओली र दाहालले एकलौटी गरेकोप्रति नेता नेपाल असन्तुष्ट छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार