(एडीबी)ले खानेपानी आपूर्ति र सरसफाईका लागि १३ करोड अमेरिकी डलर ऋण दिने

  पहिलोपेज

 394 पटक हेरिएको


एसीयाली विकास बैंक (एडीबी)ले नेपालका २० नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाईका लागि १३ करोड अमेरिकी डलर ऋण दिने भएको छ । बैंकको वार्ड अफ डाइरेक्टरले नेपालका लागि उक्त ऋण प्रस्ताव स्वीकृत गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अव्यवस्थित खानेपानीका कारण वातावरण, जनस्वास्थ्य जस्ता क्षेत्रमा नारात्मक असर परेको र त्यसको न्यूनीकरणका लागि यो स्वच्छ खानेपानी र सरसफाई कार्यक्रमका लागि ऋण दिने निर्णय गरिएको बैंकले जानकारी दिएको छ । सन् २००० देखि बैंकले विभिन्न ३ परियोजना मार्फत् नेपाका ७० सहरमा खानेपानी आपूर्ति र सरसफाईमा सहयोग पु¥याइरहेको बताएको छ ।

यो ऋण सहयोगबाट १६ सय किलोमिटर खानेपानी पाइप मर्मत तथा विस्तार हुने, १५ वटा पानी प्रसोधन प्लान्ट लाग्ने छ । त्यसरी जडान हुने एउटा प्लान्टको क्षमता ६ लाख लिटर हुने छ ।

यो आयोजनाबाट ६६ हजार घरधुरी नयाँ खानेपानी पाइपको संजालमा जोडिने छन् भने ६ हजार सौचालय निर्माण हुने छन् । त्यसमा २० वटा सार्वजनिक सौचालय हुने बैंकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार