दसैं तिहारमा सार्वजनिक सवारी साधनहरुमा प्रहरी परिचालन गर्ने

  पहिलोपेज

 240 पटक हेरिएको


यस वर्षको दसैं तिहारलाई लक्षित गर्दै सुर्खेत प्रहरीले जिल्लाबाट छुट्ने सार्वजनिक सवारी साधनहरुमा प्रहरी परिचालन गर्ने भएको छ । चाडपर्वका यात्राका क्रममा हुनसक्ने दुव्र्यवहार, चोरी–डकैतीजस्ता कार्य नियन्त्रणका लागि साधा पोशाकका प्रहरी आवश्यकता अनुसार गाडीहरुमा परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चाडपर्वका बेला लामो दुरीको यात्राका क्रममा हुने अनैतिक गतिविधिहरुलाई नियन्त्रण गर्न आवश्यकता अनुसार सार्वजनिक यातायातका साधनहरुमा साधा पोशाकमा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए। ‘चाडवाडलाई लक्षित गर्दै हामी थप मोटरसाइकल परिचालन गर्ने योजनामा छौं,’ प्रहरी उपरीक्षक रजौरेले भने, ‘चाडबाडका बेला यात्रुलाई सहज यात्रा गराउन साधा पोशाकमा प्रहरी पनि अवश्यकता अनुसार गाडीहरुमा राख्ने योजना बनाएका छौं ।’

चाडबाडलाई मर्यादित बनाउन थप गस्ती टोली परिचालन गर्ने, आवश्यकता अनुसार आकस्मिक सवारी जाँच गर्ने, अवैध मदिरा नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने, वीरेन्द्रनगर, छिन्चुलगायतका बजार क्षेत्रमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, प्रहरीले गरेका कामको प्रभावकारिता तथा प्रहरी अनुशासनबारे नागरिकसँग विभिन्न माध्यमद्वारा प्रतिक्रिया समेत लिइने एसपी रजौरेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार