किन दिए डा. केसीले कार्तिक १६ गतेदेखि १६ औँ अनसन बस्ने चेतावनी ?

  पहिलोपेज

 313 पटक हेरिएको


काठमाडौं । सरकारले यसअघि आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकका बारेमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सहमति कार्यान्वयन नगरे कार्तिक १६ गतेदेखि १६ औँ अनसन बस्ने चेतावनी दिएका डा. केसीले शुक्रबार दिउँसो २ बजे त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा विधेयकका बारेमा सरकारले आफूसँग गरेको सहमतिका बारेमा जानकारी दिन लागेको केसीका सहयोगिहरुले जनाएका छन् ।

डा. केसीले यसअघि नै सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी कात्तिक १६ गतेदेखि १६ औं अनशन थाल्ने चेतावनी दिएका थिए ।

डा. केसीको मागअनुसार विधेयक निर्माण गरी संसदमा प्रस्तुत गर्ने सरकारसँगको लिखित सहमतिपछि उनले आफ्नो १५ औं अनसन गत साउन १० गते तोडेका थिए । तर, संसदले उक्त विधेयक पास गरेको छैन । १५ औं पटक २७ दिन अनसन बसेका केसी र सरकारबीच नौ बुँद सहमतिपछि उनी अनसन तोड्न सहमत भएका थिए ।

डा. केसीले १५ औं अनसन जुम्लाबाट सुरु गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई अनसनको २० औं दिनमा सेनाको हेलिकोप्टरबाट सरकारले काठमाडौं ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार