फ्रेन्ड्स क्लबलाई नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने

  पहिलोपेज

 552 पटक हेरिएको


काठमाडौँ, १२ असोज । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।

शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ ।

क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई रु पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिनुभयो । दुबै सम्भौता ‘ए’ डिभिजन लिगको अवधिभरका लागि कायम हुनेछ । यसअघि समेत बैंकले क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गर्दै आएको थियो । करीब चार चार वर्ष लिग रोकिएपछि दुबैको सहमतिमा सम्झौता स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार