११५ वर्षको उमेरमा गुरुङको निधन

  पहिलोपेज

 592 पटक हेरिएको


लेखनाथ, १२ असोज । पोखरा महानगरपालिका– ३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।

नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आउनुभएको थियो । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार